News in Nepali

पुस मसान्तभित्र क्यासिनो कम्पनीलाई सलामी दस्तुर बुझाउन पर्यटन विभागको निर्देशन

Lumbinikhabar Online

पर्यटन विभागले क्यासिनो कम्पनीलाई सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन दिएको छ । विभागले आज सार्वजनिक सूचना जारी गर्दै यही पुस मसान्तभित्र सलामी र नवीकरण दस्तुर नबुझाउने १० क्यासिनो कम्पनीलाई यही मसान्तभित्र उक्त रकम बुझाउन समयावधि तोकेको हो ।

विभागले क्यासिनो नियमावली, २०७० अनुरुप सञ्चालित कम्पनीहरुले आव। २०७७/०७८को इजाजत पत्र नवीकरण दस्तुर र आब। २०७८/(८) को लागि तोकिएको रोयल्टी रकम तथा इजाजत नवीकरण दस्तुर अविलम्ब दाखिला गर्न अनुरोध गरेको छ ।

आबं २०७६/०७७ सम्म नियमित रुपमा रोयल्टी रकम दाखिला गरेको र नवीकरणका लागि २०७८ पुस समान्तभित्र दाखिला नगरेमा आर्थिक ऐन, २०७८ को दफा १६ (४) बमोजिम थप शुल्क तथा वार्षिक थप शुल्क लाग्ने छ । साथै समयमा नवीकरण नभएका कम्पनीको हकमा क्यासिनो नियमावलीमा व्यवस्था भएबमोजिम इजाजत पत्र रद्द हुने विभागले स्पष्ट पारेको छ ।

 

Tags

छुटाउनु भयो कि ?