News in Nepali

बलिउड अभिनेता रणवीर सिंहले अब बायोपिक फिल्म नखेल्ने

Lumbinikhabar Online

भारतिय बलिउड अभिनेता रणवीर सिंहले बायोपिक फिल्म नखेल्ने निधो गरेका छन् । फिल्म ‘८३’ ले बक्सअफिसमा खासै राम्रो सफलता प्राप्ति नभएपछी उनले एस्तो निर्णय गरेका हुन् ।

भारतीय क्रिकेटर कपिल देवको जिवनीमा आधारित उक्त फिल्ममा रणवीर सिंह कपिल देव बनेका छन् भने दीपिका दीपिका पादुकोण कपिलकी श्रीमतीको भूमिकामा छन्।

दक्षिण भारतीय फिल्म ‘पुष्पाः द राइज’ र हलिउड फिल्म ‘स्पाइडर म्यानः नो वे होम’ सँगसँगै यो फिल्म हलमा लागेको थियो। कोरोना महामारीपछि सामान्य अवस्था हुँदा हलमै लागेको फिल्म राम्रो नचलेपछि रणवीर सिंहले उक्त फैसला गरेका हुन् । तर कहिलेसम्म बायोपिक नखेल्ने भन्ने स्पस्ट छैन।

भारतीय सिनेमा उद्योगमा जिवनीमा आधारित फिल्म धमाधम बनिरहेका अवस्थामा रणवीरले यस्तो फैसला गरेका हुन्। रणवीरको अब ‘जयेशभाइ जोरदार’ र ‘रकी और रानी की प्रेम कहानी’ नामक नयाँ फिल्म आउँदैछन्।

Tags

छुटाउनु भयो कि ?