News in Nepali

अस्ट्रेलियामाको सिड्नीमा बनेको नेपाली चलचित्र ‘पर्पला’को फर्स्ट लुक सार्वजनिक

Lumbinikhabar Online

अस्ट्रेलियामाको सिड्नीमा बनेको नेपाली चलचित्र ‘पर्पला’को फर्स्ट लुक सार्वजनिक गरिएको छ ।

नेपालीहरुको बाक्लै बसोबास रहेको अस्ट्रेलियाको सिड्नीमा निर्माण गरिएको ‘पर्पला’ थ्रिलर हरर चलचित्र हो ।निर्माता तथा कलाकार भानु प्रतापले अस्ट्रेलिया बसाइको क्रममा त्यहाँको टिमसँग मिलेर चलचित्र ‘पर्पला’को निर्माण गरेका हुन् ।

फर्स्ट लुकमा चलचित्रकी मुख्य अभिनेत्री निखिला बुढाथोकीलाई मात्र प्रस्तुत गरिएको छ । आधा मुहार मात्र प्रस्तुत गरिएको उनको आँखाबाट रगत चुहिएको छ ।

अष्ट्रेलियामा बस्ने नेपालीहरुकै जीवनमा घटेका विभिन्न घटनाक्रमबाट प्रभावित भएर चलचित्रको कथा लेखिएको चलचित्रका लेखक तथा निर्देशक मनोज ‘पर्पला’ ले बताए । उनले अष्ट्रेलियामा बनेको पहिलो नेपाली चलचित्र ‘ऋतु’ को निर्माण तथा निर्देशन गरेका थिए ।

‘पर्पला’मा मुख्य अभिनेताको रुपमा पुकार गौतम रहेका छन् । उनले यसअघि झरना थापासँग ‘झिल्के’ नामक चलचित्रमा अभिनय गरेका थिए भने अष्ट्रेलिया गएपछि ‘ह्याप्पी न्यु इयर’मा अभिनय गरिसकेका छन् ।

आरकेएस अस्ट्रेलिया, ओएमजी इन्टरटेन्टमेन्ट र ग्रीन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता भानुप्रताप ढकाल हुन् । अस्ट्रेलियन छायांकार कास्मिर डिक्सनले खिचेको चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् । रविन्द्रकुमार शर्मा, डम्बरबहादुर रसाइली, छवि अधिकारी र सरोजकुमार वाइबा चलचित्रमा निर्माता हुन् ।

 

Tags

छुटाउनु भयो कि ?