News in Nepali

पाकिस्तानि क्रिकेट टिमका पूर्वकप्तानले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

Lumbinikhabar Online

पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान माेहम्मद हफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् ।

हफिजले पाकिस्तानी टिमका लागि ५५ टेस्ट, दुई सय १८ एकदिवसीय र एक सय १९ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । सन् २००३ अप्रिल ३ मा शारजाहमा जिम्बाब्वेसँग खेल्दै क्रिकेट करियरकाे सुरुवात गरेका थिए ।

पाकिस्तान क्रिकेट बाेर्ड (पीसीबी) काे तर्फबाट जारी गरिएकाे बयानमा माेहम्मद हफिजले भनेका छन्, ‘म आज गर्व र सन्तुष्टिका साथ अन्तर्राष्ट्रिय क्रिकेटलाई बिदाइ भन्न गइरहेकाे छु । मैले आफूले साेचेकाे भन्दा धेरै उपलब्धि हासिल गरेकाे छु । मलाई सहयाेग गर्नुहुने साथी खेलाडी, कप्तान, पीसीबीलगायतलाई धन्यवाद भन्न चाहन्छु ।’

हफिजले आफ्नाे लामाे करियरमा तीन एकदिवसीय विश्व कप (सन् २००७, २०११ र २०१९) खेले । उनी पाकिस्तानकाे ६ टी–२० विश्वक कप टिमकाे हिस्सा पनि रहे । उनले तीन च्याम्पियन्स ट्रफी पनि खेले ।
माेहम्मद हफिजले ३२ अन्तर्राष्ट्रिय खेलमा पाकिस्तानी टिमकाे नेतृत्व पनि गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?