News in Nepali

पुष्कर भट्ट द्वारा हिन्दी वेब सिरिजको निर्देशन

Lumbinikhabar Online

कलाकार पुष्कर भट्ट हिन्दी गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् । उनी निर्देशित ‘जिल्ला मुरादाबाद’ गीतको म्युजिक भिडियो अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको छ ।

सयभन्दा बढी चलचित्रमा खलपात्रको भूमिकामा देखिएका उनले भागी भागी नजाऊ, अग्नि ज्वाला, गंगाजल, बाटुली, दोस्ती, फैसला, हिम्मतवाली लगायतका चलचित्रमा अभिनय गरेका छन् । उनले दर्जन बढी भोजपुरी चलचित्रमा पनि अभिनय गरेका छन् ।

गायक प्रिन्स आनन्दको स्वर तथा शब्द रहेको गीतमा द किंगले संगीत भरेका छन् । भिडियोमा पुष्कर खलपात्रकै भूमिकामा देखिएका छन् । यो भिडियोमा उनले राजनीतिक दाउपेचको कथा उठाएका छन् ।

अमेजन प्राइममा रिलिज गर्ने उद्देश्यसहित निर्माण गरिएको सिरिजको निर्देशन पुष्करले नै गरेका हुन् । ५ भागको यो वेब सिरिजमा पुष्कर आफैं भिलेनको भूमिकामा देखिएका छन् । वेब सिरिजको छायांकन सकेर सम्पादन भइरहेको पुष्करले जानकारी दिए । वेब सिरिजमा गायक प्रिन्स आनन्द नै मुख्य भूमिकामा छन् ।

Tags

छुटाउनु भयो कि ?