News in Nepali

संसारकी सबैभन्दा जेष्ठ व्यक्ति केन तानाकाले आफ्नो ११९औं जन्मोत्सव मनाइन

Lumbinikhabar Online

सन् १९०३ जन्मेकी संसारकी सबैभन्दा जेष्ठ व्यक्ति केन तानाकालाई आफ्नो ११९औं जन्मोत्सव मनाएकी छन्।

क्योदो समाचार एजेन्सीका अनुसार आइतबार तानाकाले जापानको एउटा नर्सिङ होममा आफ्नो बर्थडे मनाएकी हुन्। कोरोनाभाइरस रोक्न लगाइएका प्रतिबन्धका कारण तानाकाले नर्सिङ होमका कर्मचारीहरू सँगमात्रै बर्थडे मनाएकी हुन्।

जापानमा सय वर्षमाथिका मानिसको संख्या ८६ हजारभन्दा बढी छ। जापानमा औसत आयु महिलाको ८७.७४ वर्ष छ भने पुरूषको ८१.६४ वर्ष छ।

 

 

Tags

छुटाउनु भयो कि ?