News in Nepali

राष्ट्रिय परीक्षा बोर्ड द्वारा पूर्वावश्यक पाठ्यक्रम परीक्षाको नतिजा सार्वजनिक

Lumbinikhabar Online

राष्ट्रिय परीक्षा बोर्डले यहि पुष ५ गतेदेखि ११ गतेसम्म सञ्चालित पूर्वावश्यक पाठ्यक्रम परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् वा मान्यताप्राप्त संस्थाबाट स्वास्थ्य विज्ञान विषयमा ३ वर्षे प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका परीक्षार्थीहरुको पूर्वावश्यक पाठ्यक्रमको परीक्षा लिएको थियो ।

बोर्डले नतिजा सार्वजनिक गर्दै उत्तीर्ण भएका परीक्षार्थीहरुलाई नतिजा प्रकाशन भएको १० दिनपछि मात्रै शैक्षिक योग्यताका प्रमाणपत्रहरु उपलब्ध गराइने जनाएको छ । नतिजामा चित्त नबुझेको सम्बन्धित परीक्षार्थीले पुनर्योगका लागि १५ दिनभित्र आवेदन दिन अनुरोध गरेको छ ।

 

Tags

छुटाउनु भयो कि ?