फिल्म र संगीत

शिव परियारको स्वरमा ‘भाग्यभित्र जीवन’ (भिडियोसहित)

Lumbinikhabar Online

अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्वजनिक भएको ‘भाग्यभित्र जीवन’गीतको पुरुष भर्सन शीव परियारको स्वरमा सार्वजनिक भएको छ । भीष्मराज फुलाराको शब्द, बाबुल गीरीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुनिता बस्नेतको कोरियोग्राफी, रामजी लामिछाको निर्देशन रहेको गीतको भिडियोमा पृथ्वी प्रसाईं र अनु शाहलाई फिचरिङ गरिएको छ । फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक भिडियो श्याम खत्रीले निर्माण गर्नुभएको हो ।

प्रेममा छुटेपछिको एक युवाको कथालाई गीतमार्फ व्यक्त गर्न खोजिएको छ । रुपा मानन्धरको शृङ्गार, सुमन कार्कीको छायाँकन, दिनेश राजबहाकको मिक्सिङ रहेको भिडियोको पोष्ट प्रोडक्शन स्टुडियो द पिक रहेको छ ।

Tags

छुटाउनु भयो कि ?