टप खबर

‘फेसियल हाउस’को १४ औं दिक्षान्त समारोह

Lumbinikhabar Online

नेपालकै उत्कृष्ट फेसियल हाउसले १४ औं दिक्षान्त समारोह सम्पन्न गरेको छ । सो अवसरमा फेसियल हाउसले शुक्रबार आफ्ना प्रशिक्षार्थीहरुलाई एक भव्य कार्यक्रमको आयोजना गरि ब्यूटी सम्बन्धि बेसिक , डिप्लोमा एवं स्पेसल ब्यूटिसियन कोर्ष सम्पन्न गरेको प्रमाणपत्र वितरण गरेको छ ।

उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुलाई ब्यूटिसियन उतिर्णको प्रमाणपत्र प्रमुख अतिथि महिला चेम्बरको सभापति उर्मिला श्रेष्ठद्वारा वितरण गरिएको छ । कार्यक्रममा बोल्दै श्रेष्ठले कुनैपनि व्यापार व्यवसाय सुरु गर्दा महिला र पुरुष दुबैको सहभागिता हुनुपर्छ । दुबै मिलेर काम गरेमा सार्थक हुने हुन्छ । व्यवसायको सुरुवाती चरणमा कोहि कसैले सहयोग गर्दैन आफैले मेहनत गर्नु पर्छ संघर्ष गर्नुपर्छ । त्यसमा केही अप्ठ्यारा परिस्थिति आएता पनि हडबडाउनु हुँदैन । सिक्ने र सिकाउने प्रक्रिया निरन्तर चलिरहन्छ यसको अन्त्य नहुने भएकाले सिप सिक्न कहिलै छोड्न नहुने बताएकी छन् ।

कार्यक्रममा विशिष्ट अतिथि सामाजिक अनुसंधानकर्ता एवं लेखक अन्जु शाह सिंहले महिला सक्षम हुन शिक्षा संगै सिप पनि आवश्यक रहेकोले पढाइको साथ सिप सिक्न अभिप्रेरित गर्न हरेक घरका सदस्यलाई आग्रह गरिन् । उनले सिप भएपछि जीवन जिउन सहज हुने र सिप सिकेको प्रमाणपत्र लिने मात्र नभएर यसको गरिमा बढाईराक्न सिकेको कुरालाई व्यवहारमा उतार्नु पर्नेमा जोड दीईन् ।

त्यस्तै नेपाल ब्युटिसियन संघ को केन्द्रिय अध्यक्ष भगवती खड्काले मान्छेले प्रगती गरेको, राम्रो लगाएर हिडेको र राम्रो भएको देख्छन् तर भित्री दुख पीडा र संघर्ष खासै देख्दैनन् । राम्रोको पछाडी खुट्टा तान्ने पनि धेरै हुन्छन् तर पनि जो सङ्ग धैर्य र शहनशिलता छ उसले सफलताको पथमा लम्कन र सफलता हासिल गर्न सजिलै सक्छ भन्दै सत कर्म गर्न र सीप सिक्न महिलालाई मात्र नभएर ब्यूटी पार्लर सम्बन्धिको सिप सिक्न पुरुषको पनि सहभागी हुनु पर्नेमा जोड दिईन ।

कार्यक्रममा वरिष्ठ सौन्दर्यविद राजश्री श्रेष्ठले सिप सिकेर प्रमाणपत्र हातमा लिँदैमा सफल भईन्न सफल हुन त्यसलाई कार्यान्वयनमा पनि ल्याउनु पर्छ । त्यतिकै बस्नु उचित हुँदैन । नाम र दाम दुबै कमाएर समाजमा स्थापित हुनु छ भने सो कुराको उदाहरण फेसियल हाउसकी संचालक सुषमा महरालाई लिन सकिने बताईन् ।

कार्यक्रमको स्वागत मन्तव्य कर्पोरेट खबरका संचालक एवं अटो पत्रकार संघका अध्यक्ष उज्वल जंग शाहले गरेका थिए । उनले सबैलाई स्वागत गर्दै महिलालाई सिप तथा तालिमले सशक्त बनाउन फेसियल हाउसले बिगत लामो समयदेखी ब्यूटिपार्लर सम्बन्धि कोर्स संचालन गर्दै आईरहेको जानकारी दिए । उनले यस्ता सिपमुलक कार्यले महिला र पुरुष बीचको भिन्नता अन्त्य गर्न सक्ने र बेरोजगार नागरिकहरुलाई व्यवस्थापन गर्न पनि सीपमुलक तालिम संचालन गरिएको बताए ।

फेसियल हाउसकी संचालक सुषमा महराले महिला र पुरुष बीचको भिन्नता अन्त्य गर्न महिलाहरु नै आत्मनिर्भर हुन जरुरी रहेकोले महिलाहरुको लागि सिपमुलक ब्युटी पार्लर तालिम सञ्चालन गरिएको बताएकि छन् । उनले तालिमबाट सिप सिकेर महिलाहरु आयआर्जन गर्न आत्मनिर्भर बन्न सक्ने बताईन । सिपले महिलाको पहिचान स्थापित गर्ने बताउदै महिलाहरु घरमा मात्र सिमित नभई तालिमबाट सिप सिकेर आर्थिक विकास गर्नुपर्नेमा उनले जोड दिईन् ।

फेसियल हाउसको उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यार्थी अवार्डले क्रमश नमिता श्रेष्ठ र सन्तोष तामाङलाई सम्मान सगरिएको छ । सम्मानित श्रेष्ठले सिप सिकेर अहिले आत्माबिश्वास बढेको र अझै पनि कुशल सौन्दर्यकर्मी बन्ने लक्ष्य सदैव रहिरहेको बताईन् । तामाङले यस अवार्डले काम गर्न धेरै हौसला मिलेको बताए ।

उक्त कार्यक्रममा फेसियल हाउसका ७५ जना भन्दा बढी विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण दिपज्योती थापाले गरेकी थिईन् ।

Tags

छुटाउनु भयो कि ?