News in Nepali

रणवीर र आलियाको मायालु जोडी अब सँगसँगै नदेखिने, खास कारण केहो त ?

Lumbinikhabar Online

रणवीर कपुर र आलिया भट्टको यो मायालु जोडी अब एकसाथ एकै समारोहमा सँगसँगै नदेखिने भएको छ । केही वर्षदेखि रियल-लाइफ रोमान्समा रहेको उक्त जोडीको अफेयर चलिरहेको जगजाहेर छ। तर केही समयका लागि उक्त जोडी एउटै समारोहमा नदेखिने उर्दि जाहेर भएपछि उनिहरु छुट्टै बस्न पर्ने छ ।

उनीहरू सार्वजनिक समारोहमा सँगसँगै नदेखिनुको कारण ब्रेकअप नभएको तर उनीहरूलाई निर्देशक आयान खानले उर्दी दिएपछि छुट्टै बस्नु पर्ने भएको हो किनभने रियल लाइफको यो जोडीलाई बलिउडमा पहिलोपटक रिल लाइफमा सँगसँगै खेलाउन लागेकाले निर्देशक आयान यो जोडीको ‘फ्रेसनेस’ कम नहोस् भन्ने चाहन्छन्।

जसको बहुप्रतीक्षित फिल्म ‘ब्रह्मास्त्र’ सन् २०२२ सेप्टेम्बर ९ मा रिलिज हुँदैछ।ब्रह्मास्त्र’ मा रणवीर र आलियाले पहिलोचोटि सँगसँगै अभिनय गर्दै छन्।

फिल्म रिलिज हुनुअघि नै उनीहरू सार्वजनिक समारोहमा धेरै देखिन थाले उनीहरूको तस्बिर जतासुकै सार्वजनिक हुने र यसले जोडीको ‘फ्रेसनेस’ गुम्ला भन्ने आयनलाई डर भएकै कारण उर्दी दिएका हुन ।

Tags

छुटाउनु भयो कि ?