News in Nepali

अल्लु अर्जुन संग सयौं फिल्म खेल्ने भारतीय अभिनेत्री रश्मिका मन्दनाको चाहना

Lumbinikhabar Online

इन्डियन एक्सप्रेसलाई दिएको अन्तर्वातामा भारतिय अभिनेत्री रश्मिका मन्दनाले अल्लु अर्जुन संग सयौं फिल्म खेल्ने चाहना प्रकट गरेकी छन । यो संगै पहिलै देखि अल्लु अर्जुन संग फिल्म खेल्ने चाहना राखेकी रश्मिकाको रहर पूरा भएको छ।

‘पुष्पा: द राइज’ रिलिजअघिदेखि चर्चामा थियो। धेरैको पूर्वअनुमानअनुसार फिल्मले हाल आक्रामक व्यापार गरिरहेको छ।

निर्देशक सुकुमारको ‘पुष्पा: द राइज’ फिल्ममा अर्जुन अल्लु र रश्मिका मन्दनाको मुख्य भूमिका अभिनय छ।

तेलुगू भाषाको पुष्पा मलयालम, तमिल, कन्नडलगायत हिन्दी भाषामा प्रदर्शन आएको यो फिल्ममा रश्मिका र अर्जुनले पहिलो पटक सँगै काम गरेका हुन्। चन्दन तस्करीको वरिपरि कथा घुम्ने फिल्ममा रश्मिका र अल्लु अर्जुनको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका छन्।

दर्शकलाई जस्तै रश्मिका र अल्लु अर्जुनको केमेस्ट्री उनी आफैंलाई पनि मन परिरहेको छ। अल्लु अर्जुनको काम गर्ने शैली र अनुशासनसँग सहकर्मी कलाकारसँग गर्ने व्यवहारको पनि उनले तारिफ गरेकी छन्।

अन्तर्वातामा उनले हाँस्दै भनेकी छन्, ‘म उहाँसँग अझै सय फिल्ममा काम गर्ने इच्छा छ।’

Tags

छुटाउनु भयो कि ?