News in Nepali

महिला साफ फुटबल च्याम्पियनसिपमा भुटान संग खेल्दै नेपाली टोलि

Lumbinikhabar Online

पाँच राष्ट्र सहभागी प्रतियोगितामा उन्नाइस वर्षमुनि (यू–१९)को महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल भूटानसँग खेल्दैछ ।
बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा आज हुने उक्त खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ ।भूटानविरुद्ध मैदानमा उत्रँदा नेपाल दोस्रो जीतको खोजीमा हुनेछ । फाइनल प्रवेशको सम्भावना बलियो बनाउनका लागि खेल जित्नैपर्ने हुन्छ ।

जारी प्रतियोगितामा नेपाल दुई खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६-० गोलअन्तरले पराजित गरेको थियो ।
भूटानले तीन खेलबाट ३ अंक जोडेको छ । चौथो स्थानमा रहेको भूटानले पहिलो खेलमा श्रीलंकालाई ५–० गोलले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बंगलादेशसँग भूटान ६-० गोलले पराजित भएको थियो भने तेस्रो खेलमा भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो ।

भारत दुई खेलमा जित हासिल गर्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ । त्यस्तै समान दुई खेल खेलको बंगलादेश चार अंकका साथ दोस्रो स्थानमा छ भने पाँचौँमा स्थानमा रहेको श्रीलंका लगातार तीन खेलमा हार बेहोर्दै अंकविहीन छ । श्रीलंका उपाधि होडबाट बाहिरिएको छ ।

पाँच राष्ट्र सहभागी उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

Tags

छुटाउनु भयो कि ?