News in Nepali

ग्लोबल आईएमई बैंकद्वारा थप ६ खाता संचालित

Lumbinikhabar Online

ग्लोबल आईएमई बैंकले गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपालीद्वारा प्रवर्द्धित विदेशमा रहेका संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरु सञ्चालनमा ल्याएको हाे ।

बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल (एनआरएनएफसीवाई) बचत तथा मुद्दती निक्षेप खाताहरु रहेका छन् ।

अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, यूरो, अष्ट्रेलियन डलर, चाइनिज यूआन र जापानिज येनमा खोल्न सकिने एनआरएनए फसीवाई बचत तथा मुद्दती खातामा आकर्षक ब्याजदर प्रदान गरिने बैंकले जनाएकाे छ।

यस प्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा त्यस बराबरको विदेशी मुद्रा न्यूनतम मौज्दात कायम हुनुपर्नेछ ।

खाता सञ्चालकहरुलाई कार्ड जारी गर्दा लाग्ने वार्षिक शुल्कमा छुट प्रदान गरिने भएकाे छ । यसका साथै मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग आदिको शुल्कमा छुट तथा खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा गाडी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने बैंकले जनाएकाे छ ।

मिलाएको

Tags

छुटाउनु भयो कि ?