News in Nepali

बलिउड अभिनेत्री कट्रिना र अभिनेता विक्की विवाह बन्धनमा बाँधिंदै

Lumbinikhabar Online

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहीबार विवाह बन्धनमा बाँधिंदैछन् । राजस्थान  जिल्लास्थित एक भव्य होटलमा उनीहरुको विवाह कार्यक्रम शुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

उनीहरुको विवाह समारोह भने मंगलबारबाट नै शुरु भइसकेको छ । विवाहका अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल शुरु भइसकेको छ । विवाहका लागि बलिउडका हस्ती, आफन्त र केही राजनीतिज्ञसहित १२० जनालाई आमन्त्रण गरिएको छ ।

 

कट्रिना-विक्कीको विवाहका लागि विशेष मण्डप तयार पारिएको छ । रजवाडे शैलीमा बनाइएको बन्द सिसाको मण्डपमा कट्रिना र विक्कीले बिहीबार अपरान्ह सातफेरा लिनेछन् ।

 

 

Tags

छुटाउनु भयो कि ?