News in Nepali

द ब्याङ्ग टूर’ नाम दिइएको कन्सर्टमा अभिनेत्री ज्याकलिन फर्नान्डेजको नाम हटाइयो

Lumbinikhabar Online

बलिउड अभिनेता सलमान खान आफ्नो नयाँ चलचित्र ‘अन्तिम’को रिलिजपछि शुक्रबार रियादमा कन्सर्ट गर्ने तयारीमा रहेका बेला सलमानसँगै शिल्पा सेट्टी, ज्याकलिन फर्नान्डेज, प्रभु देवा, सुनिल ग्रोवर, कमल खान लगायतले आफ्नो प्रस्तुति दिने तयारी थियो । तर, अब यो सूचीबाट अभिनेत्री ज्याकलिन फर्नान्डेजको नाम हटाइएको छ। उनलाई केहिदिन अगाडि मुम्बई  एयरपोर्ट बाट फर्काइएको थियोे ।

अब यो टूरमा सलमानका ज्वाइँ आयुष शर्मा जोडिएका छन् । ज्याकलिन दुई सय करोडको मनी लाउण्डेरिङ मुद्दामा फसेकी छन् । त्यसकारण उनीमाथि इडीले अनुसन्धान गरिरहेको छ । सोही मुद्दाका कारण ज्याकलिनलाई भारत बाहिर जान नदिइएको हो । यो मुद्दाका मुख्य आरोपी सुकेश चन्द्रशेखर अहिले प्रहरी हिरासतमा छन् । सुकेशसँग ज्याकलिनको प्रेम रहेको खबर पनि बाहिरिएको थियो । इडीले दिल्लीको अदालतमा ज्याकलिन र नोरा फतेहीको नाम समावेश गर्दै मुद्दा समेत दायर गरेको छ ।

सुकेशले उनलाई महंगा उपहारहरु दिएको स्वीकार गरिसकेको र यो मुद्दाको बलियो प्रमाणको रुपमा ज्याकलिनलाई लिएको प्रहरीले बताएको छ ।

 

Tags

छुटाउनु भयो कि ?