समाचार

सञ्चारकर्मी बिना श्रेष्ठ नन्दिनी हर्बलको ब्राण्ड एम्बेस्डर

Lumbinikhabar Online

नन्दिनी हर्बल केयर प्रा.लिको ब्राण्ड एम्बेस्डरमा सञ्चारकर्मी बिना श्रेष्ठलाई अनुवन्धन गरिएको छ। ब्राण्ड एम्बेस्डर सम्वन्धी सम्झौंता पत्रमा नन्दिनी हर्बल केयर प्रा.लिका सन्चालक हितेस लिम्बानी र क्षेत्रीय बिक्री प्रवन्धक पदम शर्माको उपस्थितिमा हस्ताक्षर भएको हो।

नन्दिनी हर्बल केयर प्रा.लिका सन्चालक हितेस लिम्बानीले आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नको लागि आफ्नो ब्राण्ड एम्बेस्डरमा सञ्चारकर्मी बिना नियुक्त गरेको बताउनुभयो। सञ्चारकर्मी श्रेष्ठले आफु नन्दिनी हर्बल केयरको ब्राण्ड एम्बेस्डर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको र नन्दिनी हर्बल केयरको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सञ्चारकर्मी बिना लामो समयदेखि सञ्चार क्षेत्रमा आबद्ध सँगै नेपाली म्युजिक भिडियो निर्देशन पनि गर्दै आउनुभएको छ  । हाल उहाँ टि.भी टुडे एचडी प्रमुख कार्यकारी निर्माताको रुपमा हुनुहुन्छ।

Tags

छुटाउनु भयो कि ?