टप खबर

धादिङको गल्छीमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

Lumbinikhabar Online

धादिङको गल्छी गाउँपालिका- ७ स्थित गल्छीमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

सडक विभाग र स्थानीयको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी– ७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिए । यातायात अवरुद्ध हुँदा दसैँका लागि घर हिँडेका यात्रुले सास्ती व्यहोर्नुपरेको छ । यातायात साधन नचल्दा १० किलोमिटर लामो लाम लागेको छ ।

यसैगरी नौबिसे–नागढुङ्गा सडकमा सवारीसाधन बिग्रिएका कारण यातायात अवरुद्घ भएको छ । सवारीसाधनको चाप भएका कारण यातायात जाम भएको हो ।

Tags

छुटाउनु भयो कि ?