टप खबर

सन्तुलित बहुउदेश्यीय सहकारी द्वारा बृहत रक्तदान

Lumbinikhabar Online

सन्तुलित बहुउदेश्यीय सहकारी द्वारा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार ‘रक्तदान जीवन दान, सन्तुलितको विशेष अभियान’भन्ने नाराका साथ सेवा नै धर्म हो भन्ने मूलभावलाई आत्मसाथगर्दै का.म.न.पा-२५, बाङ्गेमुडा स्थित सन्तुलित बहुउद्देश्यीय सहकारी संस्था लि.ले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

रेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रममा १२० जनाको सहभागिता रहेको थियो भने ३३ प्रिन्ट रगत संकलन भएको थियो ।

 

कार्यक्रमको संचालन सोही सहकारीका सचिव दिपेन्द्रसिंह दर्नालले गर्नुभएको थियो । सो अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सन्तुलित सहकारीले रक्तदान कार्यक्रमको आयोजना गरेकोमा अतिथिहरूले धन्यवाद दिएका थिए । रक्तदाताहरूलाई प्रशंसा पत्र पनि प्रदान गरिएको थियो ।

Tags

छुटाउनु भयो कि ?