कार्यक्रम

सोनित राज ढुंगेल कार्यक्रम व्यवस्थापन संघ नेपालको महासचिव

Lumbinikhabar Online

कार्यक्रम व्यवस्थापन संघ नेपालको महासचिवमा सोनित राज ढुंगेल निर्वाचित भएका छन ।
हिजो सम्पन्न कार्यक्रमका वीच नव निर्वाचित कार्यसमिति सदस्य तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण कार्यक्रमबाट औपचारिक रुपमा भवानी ईन्टरटेनमेन्टका प्रमुख तथा संचारकर्मी सोनितराज ढुंगेल आगामी २ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन ।
नेपालभर विविध कार्यक्रमहरु फेशन शो, अवार्ड कार्यक्रम, सौन्दर्य प्रतियोगिता, मेला महोत्सव,खेलकुद प्रतियोगिता प्रतिभा प्रदर्शन प्रतियोगिता लगायत कार्यक्रमहरु आयोजना गर्दै आईरहेका कार्यक्रम आयोजकहरुको छाता संगठनको रुपमा ३ वर्ष अगाडी स्थापना भएको कार्यक्रम व्यबस्थापन संघले छोटो समय र महामारीका संकट वीच लोकप्रियता कमाए संगै धेरै ईभेन्ट व्यबसायीहरुलाई एकजुट बनाई एकै स्थानमा समेट्न सफल भएको छ । एएनपी मिडिया हाउसका प्रमुख लब बहादु कार्कीको अध्यक्षतमा हालैको साधारण सभाबाट निर्वाचित अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष शान्ता कुमारी तामाङ्ग, उपाध्यक्ष राज लुईटेल, उपाध्यक्ष (महिला) सावित्री ढुंगाना, सचिव (अनुगमन)डेविल सिंह राजपुत,सचिव समिर लामा कोषाध्यक्ष टेकराज पाण्डे,सहकोषाध्यक्ष गोकर्ण लामीछाने, कार्यसमिति सदस्य तृष्णा गुरुङ्ग र सपना राई रहेका छन ।

चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा हालै सम्पन्न प्रथम वार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारीलाई संघका वरिष्ठ सल्लाहकार वरिष्ठ गायक सिताराम पोखरेल, वरिष्ठ सल्लाहकार विश्व किर्तिमानी गितकार डा।डिआर उपाध्यायको निर्वाचन समितिले गराएको निर्वाचन पश्चात निर्वाचित भएका पदाधिकारीहरु तथा मनोनित सदस्यहरुलाई पूनस् चलचित्र बिकास बोर्डका अध्यक्षकै प्रमुख आतिथ्यता तथा सल्लाहकारद्धय पोखरेल र डा।उपाध्यायकै विशेष आतिथ्यतामा आयोजित उक्त प्रमाणपत्र वितरण तथा स्वागत समारोहमा देशभरबाट ६० भन्दा बढी कार्यक्रम आयोजकहरुको उपस्थिती रहेको थियो । बत्तिसपुतली स्थित होटल तपसमा आयोजित उक्त कार्यक्रममा संचारकर्मीहरु कुवेर गिरी,गिता अधिकारी,सुरेन्द्र थापा,कुलराज लगायत अन्य व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
निर्वाचित पदाधिकारी तथा मनोनित सदस्यहरुलाई प्रमुख अतिथी दाहाल विशेष अतिथीहरु बरिष्ठ गायक तथा संघका सल्लाहकार पोखरेल र डा।उपाध्यायले शुभकामना दिएका थिए ।
नायक श्रीदेव भट्राईले संचालन गरेको कार्यक्रममा संघको तर्फबाट अध्यक्ष कार्कीले स्वागत मन्तव्य राखेका थिए भने महासचिव सोनीतराज ढुंगेलबाट संघको उद्देश्य र गतिविधि एवं सचिव समिर लामाले कार्यक्रमको समापन गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?