टप खबर

वर्षमान पुनलाई उपचारका लागि थाईल्याण्ड लगिने

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । जन्डिसको समस्या देखिएपछि उनी सुमेरु अस्पतालमा उपचार गराईरहेका छन् ।

उपचारपछि स्वास्थ्यमा कुनै सुधार नभएपनि उनलाई माओवादी केन्द्रले थाईल्याण्ड लैजाने तयारी गरेको हो । पुनको स्वास्थ्य अवस्था स्थिर रहेको माओवादी केन्द्रका एक नेताले बताएका छन् ।

माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले भने, ‘अहिलेसम्म स्वास्थ्यमा सुधार भएको छैन। आज दिनभरी सबै रिपोर्टको अध्ययन गरिने छ। दिनभर स्वास्थ्यमा कुनै सुधारका संकेत नदेखिए थाइल्याण्ड लग्ने तयारी छ । चिकित्सकले सकेसम्म नेपालमै उपचार गरेर निको बनाउने प्रयास गर्नु भएको छ। नेपालमै उपचार सम्भव नभए यसअघि उपचार गरिएको अस्पताल लैजाने कुरा भएको छ।’

Tags

छुटाउनु भयो कि ?