टप खबर

पालिका सचिवमा २२ वर्षीय युवाको आगमन

Lumbinikhabar Online

राजनीति प्रती यूवाहरुको चासो घट्दै गएका बेला कालिकोट का २२ वर्षीय यूवक गाउँपालिको सचिव जस्तो जिम्मेवार पदमा निर्वाचित भएका छन । जिल्लाको शुभकालिका गाउँपालिका का दिपक उपाध्याय नेपाली काङ्ग्रेसको प्रथम गाउँपालिका अधिबेशनमा निर्विरोध निर्वाचित भएका हुन ।

अधिबेशन सकिएको केही समयपछि सञ्चार माध्यम सङ्ग कुरा गर्दै” बिगत ७ वर्षदेखि निरन्तर विद्यार्थी राजनीतिमा सक्रिय रहेको अनुभवले मलाई पालिकामा काम गर्नका लागि ठूलो सहयोग गर्ने कुरामा म विश्वस्त छु ।” भन्दै कुराका अग्ला शिखरहरुलाई रेट्ने कामरुपि हतियार धारण गरेर अगाडि वढ्ने प्रतिवद्धता युवानेता उपाध्यायले व्यक्त गरेका छन ।

यसो त नेपाली काङ्ग्रेसमा यूवा नेतृत्व चयन थोरै मात्रामा देखिन्छ । केहिदिन अघि दैलेख को दुल्लु नगरपालिका वार्ड न• तीन कि १९ वर्षीया स्वस्तिका महत वार्ड सभापति पदमा निर्वाचित भएकी थिइन् । यसरी हेर्दा नेपाली काङ्ग्रेसमा पनि युवा नेतृत्व मौलाउन थालेको छ । तर यो नेतृत्वले सवल ढंगबाट राजनीतिक धरातल बलियो पार्छ या पार्दैन भन्ने कुरा आम जनमानसमा चासोको बिषय बनेको छ ।

Tags

छुटाउनु भयो कि ?