टप खबर

मोडल आनन सिंह र नायिका कुसुम गुरुङ चन्चले पारामा रमाउदै(भिडियो फिचर)

Lumbinikhabar Online

पहिलो नेपाल आइडल बुद्ध लामाको आवाजमा रहेको गीत चन्चली सार्वजनिक भएयता उक्त गीतका प्रमुख अभिनयकर्ता कुसुम गुरुङ र आनन सिंहको नयाँ जोडिलाई आशाका साथ हेरिएको छ ।नेपाली कलाकारिता क्षेत्रमा उदाउदै गरेका मोडल आनन सिंहले “फुलबुट्टे सारी” र पुजा शार्मा संगको “तिमी आउने जाने” गीतमा समेत अभिनय गरेका हुन जुन गीतहरु निकै हिट भएका थिए ।

यता कुसुम गुरुङले त झन चलचित्रमा समेत अभिनय गरिसकेकी छन । “मेरि मामु” चलचित्र बाट अभिनयमा सक्रिय भएकी गुरुङले “छैन मलाई पीर”,हवाई अड्डा”,नाता केहो” जस्ता धेरै गीतहरूमा अभिनय गरिसकेकी छन । यसरी अभिनयको क्रममा चन्चली गीतले सिंह र गुरुङलाई नयाँ जोडीको रुप दिएको छ । आकु जोडीको रुपमा अगाडी बढ्दै गरेको उक्त जोडी कति सम्म सफल हुन्छ त्यो त हेर्न बाकी नै छ ।

Tags

छुटाउनु भयो कि ?