बायो र अन्तर्वार्ता

अशोक दर्जीको हिन्दि गीत “माँ” को कलाकार जोनिश अधिकारी र काजल भुजेल संगको अन्तर्वार्ता

Lumbinikhabar Online

अशोक दर्जिको आवाजमा रहेको हिन्दी गीत ‘माँ’ सार्वजनिक भए संगै निरन्तर युट्युब ट्रेण्डिङ्गमा बस्न सफल भएको छ । डि आर सुजनको निर्देशनमा रहेको उक्त गीतमा समीर खाँनको शब्द रचना र टङ्क बुढाथोकीको संगीत रहेको छ भने बिकास ज्ञावलीले भिडियो सम्पादन गरेका छन ।उक्त गीतमा कन्चन साप्कोटा, काजल भुजेल र जोनिस अधिकारीले प्रमुख अभिनयकर्ताको रूपमा भूमिका निर्वाह गरेका छन ।

नेपालमा अधिकाङ्स नेपाली भाषी भएता पनि हिन्दी गीत प्रतिको रुचीलाई मध्यनजर गर्दै उक्त गीत निर्माण गरेको निर्माता तथा कलाकार काजल भुजेलले बताएकी छन । गीतको अभिनय गर्दाको क्रममा खासै गाह्रो नभएको र सम्पुर्ण टिमको सहकार्य बाट गीतले पुर्णता पाएको बाल कलाकार जोनिस अधिकारीले बताएका छन । यो गीतलाई सम्पुर्ण नेपालीहरुले मन पराइदिएको भन्दै उनले खुसी समेत व्यक्त गरेका छन ।

छुटाउनु भयो कि ?