टप खबर

आधा घण्टा बसेर सकियो सुरक्षा परिषद्को बैठक

Lumbinikhabar Online

राष्ट्रिय सुरक्षा परिषद्को बैठक शुक्रबार बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान सवा ११ बजे सुरु भएको बैठक पौने ११ बजेसम्म बसेको स्रोतले जनायो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव बोगेन्द्रराज शर्मा पौड्याललगायतको सहभागिता थियो ।

बैठकमा देशको शान्ति सुरक्षा, एमसीसीको विरोधमा भइरहेका विरोध प्रदर्शनबारे छलफल भएको स्रोतले जनायो । प्रधानसेनापति बनेपछि शर्मा पहिलो पटक सुरक्षा परिषद्को बैठकमा सहभागी भएका हुन् । उनले बिहीबारमात्र प्रधानसेनापतिको कार्यभार सम्हालेका थिए ।

Tags

छुटाउनु भयो कि ?