टप खबर

नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाकाे नेतृत्व सम्हाले

Lumbinikhabar Online

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् । शर्माले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि कार्यभार सम्हालेका हुन् । सैनिक मुख्यालय जंगी अड्ड्मा उनले कार्यभार सम्हालेका हुन् ।

बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेकी थिइन् । शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि सहभागी थिए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ गते सकिएपछि शर्मा प्रधानसेनापति बनेका हुन् ।

शर्मालाई राष्ट्रपति भण्डारीले ११ भदौमा प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन् । पदावधि समाप्त हुनुभन्दा एक महिना अघि अर्थात साउन २५ गतेदेखि नै थापा घरविदामा बसेपछि जेष्ठताका आधारमा शर्माले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी पाएका थिए ।

Tags

छुटाउनु भयो कि ?