टप खबर

आज ‘भारी’ वर्षा हुन सक्ने प्रदेश

Lumbinikhabar Online

हाल (आइतबार बिहान) देशभर विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार प्रदेश नम्बर १, २, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो।

महाशाखाका अनुसार आज दिउँसो (दिनमा) देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति पनि देशका केही स्थानमा सोही किसिमको वर्षा हुने सम्भावना छ। तर प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा पनि हुने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

Tags

छुटाउनु भयो कि ?