टप खबर

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विच फेरी सम्वन्ध सुधर

Lumbinikhabar Online

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विच फेरी सम्वन्ध सुधर हुन थालेको छ। उनीहरुबीच गठबन्धन बनाउनेसम्मको प्रयास भईरहेको वताईन्छ ।

नेकपा एमालको अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा यी दुई नेताबीच अघोषित गठबन्धन थियो । कतिपय राजनीतिक र संवैधानिक नियुक्तिहरुमा उनीहरु विच भद्र सहमति भएर अघि वढेका उदाहरण पनि छन् ।

दोस्रो पटकको संसद विघटन र सर्वोच्च अदालतको अन्तरिम आदेशवाट ओली सरकार विस्थापन भएपछि उनै देउवाको नेतृत्वमा सरकार गठन भएको छ। यो प्रकरणका कारण ओली र देउवामा केही असन्तुष्टीहरु देखिएपनि पछिल्लो समय उनीहरुविच विभिन्न माध्यमले सन्देशहरु आदानप्रदान हुन थालेका छन् ।

देउवा फेरि ओलीलाई भरोसा गर्न सकिने निष्कर्षमा पुग्न थालेको वताईन्छ। देउवासँग ओलीलाई सहमतिमा ल्याएर अघि वढ्नु पर्ने वाध्यता पनि छ। देउवा र ओलीबीच गठबन्धन बन्न सक्ने खास कारण मध्ये प्रमुख कारण अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) हो । एमसीसी संसदबाट पारित गराउने पक्षमा देउवा र ओली दुवै छन् ।

तर, सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल एमसीसीको विपक्षमा छन् । उनीहरु संशोधनविना एमसीसी पारित गर्न नहुने पक्षमा खुलिसकेका छन् । ओलीको साथ विना एमसीसी पारित गर्न सफल नहुने अवस्था देखेपछि देउवा ओलीसँग नजिक हुन थालेका हुन।

देउवा र ओली धर्मबारे उठिरहेको मुद्दाको सम्बोधनको पक्षमा पनि सकारात्मक छन् । मुखले नवोलेपनि उनीहरुको भूमिका हिन्दु राष्ट्रका पक्षमा देखिन्छ। तर, सत्ता गठबन्धनका प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादव तीनैजना धर्मनीरपेक्षको रक्षाका लागि खुलेकाले देउवा अप्ठ्यारोमा छन् ।

यो विषयले पनि सत्ता गठबन्धनभित्र विस्तारै टकराव आउन सक्ने देखिएको छ । यस कारण पनि देउवाले सुरुवातदेखि नै ओलीसँग सम्वन्ध सुधार गर्न खोजिरहेको वताईन्छ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पुस्पकमल दाहाल प्रचण्डसँग गठवन्ध गरेका देउवा संसदीय निर्वाचनमा एक्लै परेका थिए । प्रचण्डले ओलीसँग गठवन्धन गरेर देउवालाई अप्ठ्यारोमा पारेका थिए । त्यसको वदला लिन पनि यस पटक देउवाले प्रचण्डको साथ छाडेर ओलीसँग नयाँ सहमति गर्ने सम्भावना कांग्रसकै नेताहरुले पनि देखिरहेका छन् ।

अर्कोतर्फ एमसीसी अनुमोदन गर्न संसद बैठक सुचारु गर्नुपर्ने अवस्था छ । यी समग्र विषयलाई ध्यानमा राख्दै गत मंगलबार देउवाले आफ्ना विश्वासपात्र कानुन तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ओलीसँग भेटन पाएका थिए ।

कार्कीले ओली समक्ष संसद् सुचारु गर्न आग्रह गरेका थिए। प्रमुख विपक्षीले संसद् बहिष्कार गरेर अगाडि बढ्न नदिएमा फेरि अध्यादेशबाटै शासन गर्नुपर्ने स्थिति आउन सक्ने अवस्था भएकाले देउवाले ओलीलाई यस्तो आग्रह गर्नु परेको हो ।

सकेसम्म संसद्मा रहेका अध्यादेश पारित गर्ने र ओली सरकारले ल्याएकै बजेटबाट अगाडि बढ्न सक्ने संकेत पनि देउवाले दिएका छन् । मन्त्रिपरिषद्को बुधबारको बैठकबाट ओली सरकारले ल्याएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने निर्णय गरेर देउवाले त्यो संकेत दिएको नेताहरुको वुझाई छ।

देउवाको पछिल्लो गतिविधिका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल ससंकित छन् । ओलीसँगको सम्वन्ध सुधार भए देउवाले एमालेसँग गठवन्धन गरेर आफुहरुलाई धोका दिनसक्ने उनीहरुले लख काटेका छन् । प्रमण्डले देउवावाट धोका हुन सक्ने भन्दै निकटस्थहरुसँग कुरा गरेको वताईन्छ।

Tags

छुटाउनु भयो कि ?