टप खबर

सुनको मूल्य बढ्यो

Lumbinikhabar Online

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा १०० रुपैयाँले बढेर कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला ९० हजार ३०० मा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने घटेको छ । प्रतितोला १० रुपैयाँ घटेको चाँदी आज १ हजार १९५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

Tags

छुटाउनु भयो कि ?