टप खबर

हेलम्बु राजमार्ग लगातार अवरुद्ध

Lumbinikhabar Online

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा फेरि पहिरो खसेको छ।

पहिरो खस्दा हेलम्बु मार्ग फेरि अवरुद्ध भएको छ। लगातारको वर्षाले निरन्तर पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएको हो।

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईका अनुसार लगातारको झरीका कारण पहिरो पन्छाउन सकिएको छैन। यद्यपि, वैकल्पिक बाटो प्रयोग गरेर आवातजावत भइरहेको छ।

सिन्धुपाल्चोकमा १ असारमा बाढीपहिरोले मेलम्ची बजार बगाएको थियो। त्यसयता मेलम्ची क्षेत्रमा नियमित जसो बाढीपहिरो गइरहेको छ।

Tags

छुटाउनु भयो कि ?