टप खबर

प्रधानमन्त्री देउवा: कांग्रेसकै नेतृत्वमा देशको विकास हुन्छ

Lumbinikhabar Online

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलियो कांग्रेसबाटमात्रै देशको विकास सम्भव रहेको भन्दै कांग्रेसलाई बलियो पार्टी बनाउने उद्घोष गरेका छन् ।

पार्टी वडा अधिवेशनका अवसरमा शुक्रबार भिडियो सन्देश जारी गर्दै देउवाले संघीय लोकतन्त्रलाई संस्थागत गर्न कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताए ।

सभापति देउवाले कोरोना महामारीका बीच संवैधानिक बाध्यताका कारण महाधिवेशन गर्नु परेको उल्लेख गर्दै सामाजिक दूरी कायम गर्न अनुरोध गरेका छन् ।

आन्तरिक लोकतन्त्रमा कांग्रेस सदैव अगाडि रहेको उल्लेख गर्दै देउवाले स्वस्थ प्रतिस्पर्धाले जनजनमा नयाँ रक्तसञ्जार गर्ने बताए ।

उनले जनताको विश्वास जितेर अघि बढ्ने बताएका छन् । कांग्रेसलाई सशक्त बनाउने अभियानमा नेता कार्यकर्ता होमिसकेको उल्लेख गर्दै देउवाले गाउँ टोलका मुद्दालाई आफ्नो बनाउनसमेत आग्रह गरे ।

Tags

छुटाउनु भयो कि ?