टप खबर

राजनीति दल र नेतै नेताले भरिएको देशमा बिकास हुन समय लाग्छ

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

राजनीति दल र तिनका नेताहरुलाई यो देशको कुनै चिन्ता छैन । उनीहरुलाई सत्ता बाहेक अरु चिन्ता छैन । देश र जनताका्े कुनै मतलव नै छैन । कुरा गरेर मात्र हुदैन ब्यवहारमा कार्यान्वयन गरेर देखाउनु पर्छ । नेताहरुले केहि कुरा ब्यवहारमा कार्यान्वयन गरेर देखाउन सकेनन् । आज देश ठूलो राजनीतिक संकटमा छ । जनताले देशको बिकास र समृद्धि चाहेका छन । तर यता तिर कसैको ध्यान नै छैन । बिकास र समृद्धि अहिलेको आबश्यकता हो । देश बनाउने कुरामा नेताहरुको ध्यान जानु पर्छ । राजनीतिक दल र तिनका नेताहरुको ब्यबहार र कार्यशैली देख्दा लाज लाग्छ । राजनीतिक दल र तिनका नेताहरुले जनतामा खासै आशा जगाउने काम गर्न सकेनन् । नेताहरु धनी बन्दै जाने काम मात्र भएको छ । देश र जनताको अवस्था सधै खोक्रो छ । यो पाराले देश बनाउन सकिदैन ।

जनताको अवस्था दयनीय बन्दै गएको छ । जुन देशमा नेता धनी हुन्छन त्यस देशमा जनताको अवस्था गरिब हुन्छ । बिश्वको इतिहासवाट यो कुरा पुष्टि हुदै आएको छ । नेताहरुका खोक्रा आर्दशका कुराले मात्र मुलुक अघि बढन सक्दैन । सत्ता र कुर्सिका लागी मरिहत्ते गर्ने नेताले देश बर्वाद गरे । लामो समय देखि हामीले नेताहरुको ब्यबहार र कार्यशैली भोग्दै र देखदै आएका छौं । कुर्सिका लागी एकले अर्कोलाई सिध्याउने खेल बाहेक अरु केहि देखिएन । यो देशमा हामीलाई चाहिनेभन्दा धेरै नेता भए । यति धेरै नेता यो देशले धान्न सक्दैन । मुलुकमा सक्षम, योग्य राजनेताको आबश्यकता भने छ । सबैलाई मिलाएर संगै लैजान सक्ने नेता हामीलाई चाहीएको छ । राजनीति दल र नेतै नेताले भरिएको देशमा बिकास हुन समय लाग्छ । अब देशको यो आर्थिक अबस्थाले यति धेरै नेता पाल्न नसकिने अबस्था देखियो । नेता बिरामी हुँदा सरकारी बजेट बाट उपचार खर्च पाउँछन ।

देशका नागरिक गम्भिर बिरामी हुदाँ बिर अस्पताल देखि सरकारी अस्पतालमा सहजरुपमा आइसियु पाउन मुस्किल छ । निजि अस्पतालमा उपचार गराउन जाने हो भने घर खेत बेचेर जानु पर्ने अवस्था छ । किन की निजि अस्पताल धेरै महंगा छन । बास्तबिकता यहि होइनर ? त्यसो भएको हुनाले नागरिकलाई स्वास्थ्य , शिक्षा निशुल्क हुनु पर्छ भन्र्ने आबाज धेरै पहिले देखि उठेको हो । नागरिकलाई स्वास्थ्य र शिक्षा निशुल्क हुनु अनिबार्य छ । कुरा मात्र गरेर हुदैन, ब्यबहारमा कार्यान्वयन गर्नु पर्छ ।

अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन । उनले यो कुरामा ध्यान दिन जरुरी छ । उनी प्रधानमन्त्री हँुदा समाजमा खासै उत्साह देखिएन । कारण के हो भने यो उनको प्रधानमन्त्रीको पाँचांै कार्यकाल हो । उनी प्रधानमन्त्री हुँदा गरेका क्रियाकलाप नेपाली समाजले देखदै र भोग्दै आएको छ । तथापि, इतिहासको कमीकमजोरीबाट पाठ सिकेर उनले अत्यन्त प्रभावकारी काम गरेर देखाउनु पर्ने समय आएको छ ।

अहिले नै उनको आलोचना गर्ने समय त आएको छैन । तै पनि सरकारको गति देखदा बोल्नु पर्ने भयो । परन्तु बिहानले दिउँसोको संकेत गर्छ भनेझैं उनको कार्यशैलीमा दूरदर्शिता देखिँदैन । हाम्रो देशको राजनीति संस्कार विकृत हुदै आएको छ । यसलाई समयमै सुधार गर्नु पर्ने देखिन्छ । सामाजिक सञ्जाल, खबर पत्रपत्रिका, इलेक्ट्रोनिक्स मेडिया लगायतले जनचेतना फैलाएको छ । कुनै कुरा लुकाउन सक्ने अवस्था छैन । तै पनि नेताहरुले अझै जनतालाई भ्रम छर्न छोडेका छैनन् । राजनीतिमा नेपाली समाजसचेत भएको देखिन्छ । देश बनाउने हो भने समाजका भ्रष्ट नेता वा कर्मचारीलाई सामाजिक बहिष्कार गर्ने आँट सबैले गर्नु पर्छ । हरेक क्षेत्रमा नैतिकको प्रश्न उठिरहेको छ । आलोचना, टीकाटिप्पणी भइरहेको छ । तर, सिंगो नेपाली समाज विकृति र विसंगतिविरुद्ध एकजुट भएर सम्बन्धित क्षेत्रको सुधारको लागि दबाब सिर्जना गर्न सकेको अवस्था छैन । यसरी नै राज्य, राजनीति, प्रशासन चलेको छ । त्यसैले समाजका भ्रष्ट, दलाली, बिचौलिया, ठग, बेइमान हौसिएका छन् ।

हामी सचेत र सक्रिय भयौं भने राज्य नागरिकप्रति उत्तरदायी हुन्छ । अहिले समाजका हरेक क्षेत्रमा आर्थिक अनियमितता, भ्रष्टचार एवं सेटिङ हुने गरेका समाचार आउने गर्छन् । हरेक ठाउँमा हुने कमिसन, अनियमितता, मिलीजुली खाने प्रवृतिका कारण देशका संरचना गुणस्तरहीन छन् । भ्रष्टचारको जालो बालुवाटार, सिंहदरबारदेखि स्थानीय तहसम्म फैलिएको अवस्था छ ।

देशमा भ्रष्ट आचरण भएको राजनीतिक नेतृत्व र प्रशासकका कारण सुशासन कायम हुन नसकेको हो । पद, पैसा र प्रतिष्ठाका खातिर हरेक राजनीतिक पार्टीहरूबीच घात, अन्तरघात, प्रतिघात हुँदै आपसी खिचातानी र स्वार्थको राजनीति मौलाउदै गएको छ । राजनीतिको आडमा कालो धन कमाउनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । राजनीतिक शक्तिको आडमा आफ्ना दल वा गुटका कार्यकर्ताले आर्थिक अनियमिता गरिरहेका छन । यो काम तुरुन्त सरकारले रोक्नु पर्छ ।

Tags

छुटाउनु भयो कि ?