टप खबर

सभामुख सापकोटाविरूद्धको मुद्दा संवैधानिक इजलाशमा

Lumbinikhabar Online

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलाशमा फेरि पेसी चढेको छ ।

पटक/पटक पेसी चढेर सुनुवाइ नभएको उक्त मुद्दा आज पनि पेसी चढेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलाशमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।

नियमित पेसीमा चढे पनि यो मुद्दा आजै सुनुवाइ हुने नहुने निधो भने छैन । माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा २०६८ सालमा मुद्दा परेको थियो ।

अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?