टप खबर

विष्णु माझिको वास्तविक जिवनमा मिल्यो ‘चरी जेलैमा’ ?

Lumbinikhabar Online

गायिका विष्णु माझीको स्वरमा रहेको तीज गीत ‘चरी जेलैमा’ अहिले सर्वाधिक चर्चामा छ। पुतलीको भट्टी– १७ अन्तर्गत रहेको यो गीतसँगै विष्णुको पनि चर्चा चुलिएको छ।

यो गीत एक साताअघि मात्र सपना म्युजिक इन्डष्ट्रिजले युट्युवमा अपलोड गरेको थियो । मंगलवार साँझसम्म चरी जेलैमा गीतको भिडियो १ करोड ५ लाख १६ हजार ४४८ जनाले हेििरसकेका छन् । गीतको चर्चासँगै दर्शक÷श्रोताले गायिका विष्णु माझिलाई सर्वाधिक खोजी गरिरहेका छन् ।

दोहोरी गित नरुचाउने र गीतसंगितमा खासै चासो नभएका ब्यक्तिले समेत चरी जेलैमा खोजी खोजी हेरिरहेका छन् । यो गीत विष्णुको जीवनसँग मेल खाने खालको भएको भन्दै सामाजिक सञ्जालमा उनको खोजी भईरहेको छ।

विष्णुलाई आफ्नै श्रीमान सुन्दरमणि अधिकारीको बन्धकमा वनाएको धेरैको वुझाई छ। तर, उक्त गीत उनकै श्रीमान सुन्दरमणिले लेखेका हुन र संगीत पनि उनकै हो। यदी अधिकारीले विष्णुलाई वन्धक नै वनाएको हो भने उनको जिवनसँग मेल खाने गीत किन लेख्थे भनेर तर्क गर्नेहरु पनि छन् ।

यसअघि पनि एक पटक विष्णुको खोजी ब्यापक भएको थियो। सार्वजनिक रुपमा देखा नपर्ने विष्णु यो अवस्थामा कसरी पुगिन भन्ने विषयमा अधिकार प्राप्त निकायले पनि खोजतलास गरेको पाईदैन। यसअघि ०७५ सालमा विष्णु र कुलेन्द्र विश्वकर्माले गाएको ‘सालको पात टपरी हुनी नहुनी सल्लैको’ गीत पनि निकै चर्चामा आयो । त्यो गीतले चर्चा पाएसँगै विष्णु माझीको पनि खोजी भयो। तर, त्यसपछि फेरी त्यो कुरा सेलायो ।

स्याङजाको रत्नपुर गाविस–६ चापाकोटमा एक विपन्न परिवारमा जन्मेकी विष्णु परिवारकी जेठी छोरी हुन् । स्थानीय विद्यालयमा ५ कक्षासम्म पढेपछि परिवारले खर्च अभावले गर्दा बिद्यालयबाट निकाल्नुपरेको थियो ।

उनी सानैदेखि लोकगीतको सोखिन थिइन् र स्वर पनि मीठो थियो । ०५८ सालमा विष्णुलाई पाल्पाको रामपुरका लोकगायक नारायण लेकालीले संगीतमा ल्याएका हुन् । उनी त्यतिवेला १३ वर्षकी थिईन । नारायण त्यतिबेला लोकगीत प्रतियोगिताहरुमा भाग लिन्थे र आफैं पनि प्रतियोगिता गराउँथे । त्यसै क्रममा उनले चापाकोटमा एउटा प्रतियोगिता आयोजना गरेका थिए, जसमा भाग लिन आएकी विष्णु प्रथम भइन् ।

उनले विष्णुका बाबुआमासँग छोरीलाई गायिका बनाइदिने भन्दै आफ्नो साथमा काठमाण्डौ ल्याए । ०६१ सालमा पाल्पा महोत्सवमा आयोजित प्रतियोगितामा पोखरेली लोकगायक सुन्दरमणि अधिकारी विष्णुको स्वरवाट मोहित भए । नारायण र विष्णुको परिवारसँग कुरा गरेर अधिकारीले उनलाई ०६१ साल वैशाख ७ गते एक हप्ताका लागि भनेर लेखनाथ महोत्सवमा लगे। प्रतियोगिता जिते पनि।

त्यसपछि उनीहरु प्रायः सँगसँगै छन् । त्यसको करिब डेढ वर्षपछि ०६३ सालमा आयोजित बुटबल महोत्सवमा विष्णुलाई नारायणले भेटे । उनी सुन्दरमणिसँगै त्यहाँ दोहोरी प्रतियोगितामा भाग लिन आएकी थिइन् भने नारायण निर्णायकको भूमिकामा थिए । त्यहाँ भेट भए पनि खासै कुराकानी नभएको नारायणले वताएका छन् ।

बिहे नगरे पनि उनीहरु विष्णु र सुन्दरमणी काठमाडौंमा सँगै बस्न थाले । गीत रेकर्डिङका लागि स्टुडियो जानेबाहेक विष्णु कुनै सार्वजनिक कार्यक्रममा गाउन छोडिन।०६४ सालसम्म उनी चर्चाको शिखरमा पुगिसकेकी थिइन् । सफलतासँगै सुन्दरमणिले विष्णुको रेट बढाउँदै लगे । अहिले त उनी सर्वाधिक महंगी लोकगायिका भएकी छिन्। तर, सर्वसाधारणले उनलाई देख्न समेत पाउँदैनन् ।

Tags

छुटाउनु भयो कि ?