टप खबर

ओलीले आफनो उपचारमा लागेको खर्च आफै ब्यहोर्ने भन्दै राज्यकोषको करोडौं रकम दोहान गरे

Lumbinikhabar Online

नेकपा एमालेका अध्यक्ष एवम् तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सस्तो लोकप्रियताका लागि झुठो वोल्ने गरेको त सवैले वुझेकै हो। तर, आफनो उपचारमा लागेको खर्च आफै ब्यहोर्ने भन्दै राज्यकोषको करोडौं रकम दोहान गरेर ओलीले अपराध गरेको पाईएको छ।

साउन ०७६ र भदौ ०७६ गरी ओली दुईपटक स्वास्थ्योपचारका लागि ओली सिंगापुर गएका थिए । सो उपचारका क्रममा सरकारले टिकट खर्च मात्रै व्यहोर्ने निर्णय गरेको भन्दै सरकारका तत्कालिन प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले जनाएका थिए । १९ साउनमा वास्कोटाले दिएको जानकारी अनुसार ओलीको उपचारका लागि जाने टोलीको प्लेन खर्च वाहेर सम्पुर्ण खर्च ओलीले नै गर्ने भनिएको थियो। तर, निजी खर्चका कुरा हल्लामात्र भएको प्रमाण यतिवेला सार्वजनिक भएको छ ।

ओलीको उपचारका लागि भएको सरकारी निर्णय र खर्च विवरण वाहिर आएको छ। उनकोे स्वास्थ्योपचारमा मात्रै अमेरिकी डलर ७७ हजार एक सय ३० र ३७ सेन्ट सरकारी कोषबाट खर्च भएको थियो । सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलले दिएको बिलका आधारमा नेपाल सरकारले उक्त रकम भुक्तानी गरेको पाईएको छ।

त्यसबाहेक सिंगापुर जाने उक्त टोलीका ११ सदस्यको जहाज भाडा, टिएडिए, टिकट क्यान्सिलेशन चार्जसमेत गर्दा १ करोड १६ लाख ३७ हजार ७ सय ६४ अर्थबाट निकासा लिएर परराष्ट्रले भुक्तानी दिएको पाईएको छ। तत्कालिन परराष्ट्र सचिव शंकरदाश बैरागीले १५ साउन ०७६ मा पठाएको प्रस्ताव मन्त्रिपरिषद्को बैठक संख्या २०÷०७६ मा पास भएको पाईएको छ।

निर्णयमा ‘सम्माननीय प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको सिलसिलामा अस्पतालमा लाग्ने बील बमोजिमको खर्च नेपाल सरकारले व्यहोर्ने’ उल्लेख छ।

नियमानुसार देशको सेवा गर्दागर्दै राजकीय ओहोदामा बसको ब्यक्तिले सुविधा उपभोग गर्न पाइन्छ । तर, ओलीले त्यो सुविधा लिएर पनि जनतालाई ढाँटेको भन्दै यतिवेला आलोचना सुरु भएको छ। जनताको पैसा खर्च गरेर जनतालाई ढाँटेर ओलीले अपराध गरेको नागरिक समाजका कतिपय ब्यक्तिहरुले आरोप लगाएका छन् ।
ओली पहिलोचोटि १८–२७, साउन ०७६ सम्म सिंगापुरमा थिए भने दोस्रोपटक ५–२० भदौसम्म रहेका थिए । ती दुई भ्रमणका लागि मन्त्रिपरिषद्ले अनुमोदन गरेअनुसार एक करोड १६ लाख ३७ हजार सात सय ६४ रुपैयाँ र अर्को पटकको खर्च ८७ लाख ५८ हजार ३ सय ४० लागको छ।

Tags

छुटाउनु भयो कि ?