टप खबर

प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त

Lumbinikhabar Online

काठमाडौँ– महारथी प्रभुराम शर्मा नेपाली सेनाको प्रधानसेनापति नियुक्त भएका छन् । कायममुकायम प्रधानसेनापति शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले भदौ २४ गतेबाट लागू हुने गरी शर्मालाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालय जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रिपरिषदले शर्मालाई प्रधानसेनापति नियुक्त गर्न सिफारिस गरे बमोजिम राष्ट्रपति भण्डारीले नियुक्त गरेकी हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको पदावधि गत साउन २५ गते सकिएपछि शर्माले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Tags

छुटाउनु भयो कि ?