टप खबर

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

Lumbinikhabar Online

चितवनि अविरल वर्षासँगैकाे पहिराे खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ। सडकको सेतीदोभान क्षेत्रमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।

भरतपुर महानगरपालिका-२९ सेतीदोभानस्थित नारायणगढ मुग्लिन खण्डमा बिहीबार राति ८ः२० बजे पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरोले दुवैतर्फ आवातजावत अवरुद्ध भएको छ। यो स्थानमा असार र साउन महिनामा पनि दर्जनौ पटक पहिरो खसेर बाटो अवरुद्ध भएको थियो ।

अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै चल्ने सवारी साधन रोकिएको प्रहरीले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?