टप खबर

काठमाडौं महानगरले केही दिन फोहोर नउठाउने

Lumbinikhabar Online

काठमाडौं महानगरपालिकाले केही दिन फोहोर नउठाउने जनाएको छ ।

महानगरले उपत्यकाभित्र उत्सर्जित फोहोरमैला विसर्जनका लागि नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिसडोल ल्यान्डफिल्ड साइटमा पुर्याउने गरेको थियो ।

हाल ल्यान्डफिल साइटको सडक बिग्रेकाले मर्मत गर्नुपर्ने अवस्था छ । यता केही दिनदेखि फोहोर उठ्न नसक्दा काठमाडौंका सडकमा फोहोरको डंगुर देखिन थालेको छन् ।

यद्यपि केही दिन फोहोरलाई घरभित्रै राख्न महानगरले अनुरोध गरेको छ ।

महानगरले सोमबार सूचना जारी गर्दै अझै केही दिन फोहोर नउठाइने बताएको छ । सुचनामा भनिएको छ, ‘ल्यान्डफिल्ड साइट सुचारु भएपछि फोहोर लिन घर दैलोमा आउने व्यहोरा सादर अनुरोध गर्दछौं ।’

Tags

छुटाउनु भयो कि ?