टप खबर

मलयालम फिल्म र टेलिभिजनकी अभिनेत्री सरन्या शशीको निधन

Lumbinikhabar Online

मलयालम फिल्म र टेलिभिजनकी अभिनेत्री सरन्या शशीको सोमबार तिरुवनंतपुरमको एक निजी अस्पतालमा निधन भएको छ । उनलाई कोरोना संक्रमण भएपछि शरीरमा विभिन्न समस्या देखिएको थियो ।

उनी ३५ वर्षकी थिइन् । परिवारका अनुसार उनी कैयौं वर्षदेखि ब्रेन ट्युमरबाट पीडित थिइन् । ब्रेन ट्युमर भएपछि उनको कैयौं पटक सर्जरी गरिएको थियो ।

सरन्यालाई गत मेमा कोरोना संक्रमण भएको थियो । त्यसपछि उनलाई अस्पताल भर्ना गरिउो । यद्यपि केही साता पछि उनको रिपोर्ट नेगेटिभ आए पनि उनमा निमोनिया र श्वाससहित अन्य समस्या यथावत नै थियो । पछिल्लो केही साता उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।

सरन्यालाई सन् २०१२ मा ब्रेन ट्युमर देखिएको थियो । ट्युमरपछि उनको करियरमा ओरालो लागे पनि आफ्नो मानसिक शक्ति बढाउनका लागि उनले क्यान्सरबाट बाँचेका मानिसका लागि रोल मोडलका रुपमा काम गर्न थालिन् ।

सरन्याले ‘छोटा मुम्बई’, ‘थलप्पावु’, ‘बम्बे १२ मार्च’लगायतका फिल्ममा अभिनय गरेकी छन् ।

Tags

छुटाउनु भयो कि ?