टप खबर

केन्द्रीय कमिटी बैठक बस्दै,आजै एमाले स्थायी कमिटी बैठक जारी

Lumbinikhabar Online

नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसिरहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु उपस्थित यस बैठकले आजै दिउँसो ३ बजे बस्ने भनिएको केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्ने छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न आजको बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बैठक रोक्न माग गरिरहेका बेला संस्थापन पक्षले आफ्नो गतिविधि अगाडि बढाएको हो । यसअघि नेपालपक्षकै आग्रहमा बैठक केही दिन रोकिएपनि संवाद अगाडि नबढेपछि संस्थापनपक्ष अघि बढेको एमाले नेताहरुले बताएका छन् ।

आज स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेश गर्ने र सो प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइनेछ । भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशन तोकिएको छ ।

Tags

छुटाउनु भयो कि ?