टप खबर

चर्चित अभिनेता अनुपम श्यामको निधन

Lumbinikhabar Online

बलिउड अभिनेता अनुपम श्यामको आइतबार निधन भएको छ । उनी ६३ वर्षका थिए । उनलाई केही दिन अघि मृगौलासँग सम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।उनलाई अस्पतालमा आइसीयूमा राखेर उपचार गरिएको थियो ।

उनलाई केही दिनदेखि आइसियूबाट निकालेर भेन्टिलेटरमा राखिएको थियो । डाक्टरका अनुसार अन्तिम समयमा उनको शरीरका अंगले काम गरेका थिएनन् ।केही समय अघि मात्र अनुपमका भाईले दाजुको स्वास्थ्य अवस्था बिग्रिएकाले आर्थिक सहयोगको अपिल गरेका थिए ।

Anupam Shyam Death: दूरदर्शन के इस शो से अनुपम श्याम ने किया था डेब्यू,  बॉलीवुड से हॉलीवुड तक ये अवार्ड विनिंग फिल्में की - PakkiKhabar

अनुपमको स्वास्थ्य ठिक भएर काममा फर्किए पनि उनले हप्तामा तीनपटक डायलिसस गर्नु परेको थियो ।अनुपमको जन्म २० सेप्टेम्बर १९६७ मा उत्तर प्रदेशको प्रतापगढमा भएको थियो । उनको प्रारम्भिक शिक्षा प्रतापगढमा नै भयो । त्यसपछि उनी लखनऊको भारतेन्दु नाट्य एकेडेमीमा थिएटर विषयमा भर्ना भए ।

नयाँदिल्ली आएपछि उनी श्रीराम सेन्टर रंगमण्डलमा जोडिए र नेशनल स्कुल अफ ड्रामाबाट उनले अभिनयको प्रशिक्षण लिए ।उनले कैयौं फिल्ममा अभिनय गरे पनि टेलिफिल्म ‘मन की आवाज प्रतिज्ञा’बाट लोकप्रियता पाए ।

उनले ‘अमरावती की कथाएँ’, ‘रिश्ते’, ‘क्यूंकि…जीना इसी का नाम है’, ‘हमने ली है शपथ’, ‘डोली अरमानों’, ‘कृष्णा चली लण्डन’ जस्ता टेलिफिल्ममा अभिनय गरेका थिए ।

News on anupam shyam ojha death, all latest updates on anupam shyam ojha  death| News Track Hindi, NewsTrack

उनले फिल्ममा ‘संघर्ष’, ‘दुश्मन’, ‘दिल से’, ‘प्यार तो होना ही था’, ‘परजानिया’, ‘गोलमाल’, ‘नायकः द रियल हीरो’ र ‘पाप शक्तिः द पावर’ जस्ता फिल्ममा अभिनय गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?