टप खबर

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको छ । कोटेश्वरस्थित पार्टी कार्यालयमा बैठक शुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।बैठकमा सरकार सञ्चलनका लागि सत्ता गठबन्धनको कार्यदलले बुझाएको प्रतिवेदन, आफ्नो भागमा परेका मन्त्री छनोट, आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा लगायतका विषयमा छलफल हुने माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धन कार्यदलले आज बिहानमात्रै सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो ।

उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।

Tags

छुटाउनु भयो कि ?