टप खबर

एमालेको स्थायी कमिटी बैठक सुरु

Lumbinikhabar Online

नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय केन्द्रीय समिति बैठक अघि स्थायी कमिटी बैठक सुरु भएको छ ।

बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सुरु भएको बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने नेताहरुले बताएका छन् ।

स्थायी कमिटीले एजेन्डा तय गरेपछि सोही स्थानमा केन्द्रीय कमिटी बैठक बस्ने छ ।

बैठकमा सहभागी हुनका लागि देशभरबाट नेपाल समूहका केन्द्रीय नेताहरु आएका छन् । आजको बैठकबाट एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ ।

Tags

छुटाउनु भयो कि ?