टप खबर

ओलीका गलत कदमले लोकतन्त्र नै गुम्ने खतरा थियो

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

मिल्न नसकेको एमाले नेपाल कम्युनिष्ट पार्टी एमाले अझै मिल्न सकेको छैन । पाटी भित्र देखिएको बिवाद झन झन उत्कर्षमा पुगेको छ । ओली पक्ष र नेपाल पक्ष बीच फोर्स गठन गर्ने कुरामा प्रतिस्प्रर्धा नै चलेको छ । दुवै खेमा एकले अर्कोलाई सिध्याउने खेलमा लागी रहेका छन ।

माधब नेपाल फकाउन ओलीको दूत बनेर कहिले सुवास नेवाङ कोटेश्वर पुगेको समाचार आउँछन कहिले बिष्णु पौडेल । तर पनि माधब नेपाल फकिन सकेका छैनन् । माधब नेपाललाई के कुरामा चित्त दुखेको छ त्यो अझैे बाहिर आउन सकेको छैन । पछिल्लो राजनीतिक बाताबरण निर्माण गर्ने कुरामा नेपालको प्रमुख भूमिका छ । ओली सरकार ढाल्ने काम देखि देउवालाई प्रधानमन्त्री बनाउने सम्म नेपालको ठूलो भूमिका र योगदान छ । पाटी भित्रको बिवाद तत्काल समाधान हुने संकेत अझै केहि देखिएको छैन । एमाले पाटी भित्रको अवस्था जटिल छ ।

अध्यक्ष ओलीको निरङ्कुश शैलीप्रति नेपालले विद्रोह गर्दै आएका छन । तर ओली पक्षले माधव समूहलाई निकाल्न पनि सकेको छैन र समेट्न पनि सकेको छैन । अध्यक्ष ओली यति बेला धेरै अफ्ठ्यारोमा परेका छन । पाटी नमिले आगामी चुनावमा आफनो पाटी पत्तासाप हुने अनुमान ओलीले लगाएका छन । आगामी चुनावमा बहुमत ल्याउनका लागी भए पनि पाटी एक ढिक्का बनाउनु पर्ने बाध्यता ओली माथि छ । यति बेला हरेक कुराले ओलीमा तनाव बढेको देखिन्छ ।

यो सबै कुरा निम्तिनुमा ओलीको अहंम, दम्भ र अहंकारले नै हो । दम्भको राजनीति ओलीले नगरेको भए न नेकपा फुट्थ्यो न एमाले । सबै कुरा घमण्डले खाएको हो । आफू र आफ्ना मात्र ठीक अरु सबै बेठीक यस्ता किसिमका गलत ब्यवहारले गर्दा ओलीको राजनीति ओरालो लागेको हो । पाटी एक नहुदा सम्म उनी अब उठन सक्ने अबस्था देखिदैन । दुई तिहाई बहुमतको सरकार समेत बचाउन नसक्नु नै ओलीको दुर्भाग्य हो । उनकै कारण एमाले नामको पार्टी उठ्नै नसक्ने गरी धराशायी हुने अवस्थामा पुग्दैछ । ओलीको बोली र व्यवहारले पाटी एकता होला जस्तो देखिदैन ।

यता नेपालले अध्यक्ष होइन, अधिकार खोजेको बताउँदै आएका छन । अधिकार कस्तो हो त्यो भने बताएका छैनन् । नेपाली जनताको आशा र भरोसा माथि कुठाराघात भएको छ । जनताले बिकास समृद्धि र सुशासन कायम होला भनेर दुई तिहाइको बहुमत दिए त्यो बहुमतको सरकार पच्न नसकेर ओलीले दुइ पटक सम्म संसद बिघटन गरे । सम्मानित सर्वोच्च अदालतले संसद पुनस्थापना गरिदिएर अहिले मुलुक सहि बाटोमा फर्किएको छ । ओलीका गलत कदमले लोकतन्त्र नै गुम्ने खतरा थियो ।

त्यो बच्यो यो नै ठूलो कुरा हो । हाल अध्यक्ष ओली केन्द्रदेखि प्रदेशसम्म रक्षात्मक अवस्थामा पुगेका छन् । त्यसैले माधव समूहलाई फकाएर पाटीमा फर्काउने रणनीतिमा ओली छन । माधब नेपालले ओलीका कुरामा टेर पुच्छर लाएका छैनन् ।

एमाले भित्र झगडा हुन थालेको लामो समय भयो । अब समयमै यसको व्यवस्थापन गर्न नसके आगामी चुनावसम्म एमाले नामको पार्टी धरहराबाट हेर्नु पर्ने अबस्था आउन सक्छ । झण्डै दुई तिहाइ जनमत जुटाएर सत्तारोहण गरेका ओली तीन वर्ष पूरा हुँदानहुँदै आफ्नै दम्भ र अहङ्कारका कारण बहुमत गुमाउँदै लज्जास्पद अल्पमतमा झरेर बहिर्गमित भए । ओलीले दुई तिहाइको बहुमत त पाए, तर धान्न भने सकेनन् । फलतः ‘दुःख पाइस मङ्गले आफ्नै ढङ्गले’ को नियति भोग्दैछन् ।

हरेक समय आफैँले सोचे जस्तो कहिले हुदैन । एकदुई दिनभित्रै सरकारले पूर्णता पाउने निश्चित जस्तै छ । काङ्ग्रेस, एमाओवादी केन्द्र र जसपाबीच मन्त्रिमण्डलको भागबन्डा टुङ्गो लाग्दै छ । सत्तागठबन्धनको मुख्य धार माधव समूहको अलमलको असर सरकार गठनमा परेको बुझिन्छ । माधव समूहका नेताहरू पनि सत्तामा सहभागी भएर सरकार टिकाउनुपर्छ । तर, कांग्रेस, माओवादी अब माधव समूहलाई पर्खेर बस्न नहुने पक्षमा पुगेका छन् । माधव समूहलाई संवैधानिक निकाय लगायतका सरकारी पदहरूमा समेटेर भए पनि अघि बढ्नुपर्ने उनीहरूको बुझाइ छ ।

Tags

छुटाउनु भयो कि ?