टप खबर

अनु मलिकमाथि इजरायलको राष्ट्रिय गीतको संगीत चोरेको आरोप

Lumbinikhabar Online

बलिउडका सङ्गीतकार अनु मलिकमाथि इजरायलको राष्ट्रिय गीतको संगीत चोरेको आरोप लगेको छ। यस पटकको ओलम्पिकमा इजरायलको जितसँगै राष्ट्रिय गीत ‘हातिकवाह’ धुन बजाउने क्रममा अनु मलिकको ‘दिल जलेको धुन ’हुबहु मिलेको ठहरिएको हो। इजरायलको राष्ट्रिय गीतको संगीत सुन्नासाथ भारतीयहरूले १९९६ मा रिलिज भएको फिल्म ‘दिलजले’ को गीत ‘मेरा मुल्क मेरा देश’ यी दुवैको संगीत मिल्दोजुल्दो भएको भारतीयहरूले बताएका हुन्।

अजय देवगणको मुख्य भूमिका रहेको चलचित्र ‘दिलजले’मा ‘मेरा मुल्क मेरा देश मेरे ये वतन’ गीत समावेस गरिएको छ । उक्त गीतमा इजरायलको राष्ट्रिय गीतको संगीत भरेको जनाइएको छ । यो चलचित्र सन् १९९६ मा रिलिज भएको थियो ।

यसअघि अनु मलिकको ‘राजाको रानी से प्यार हो गया, मेरा पिया घर आया, ये काली काली आँखे, तारे हे बाराती चाँदनी लगायत बोलको गीतलाई पनि चोरीको आरोप लागेको थियो ।

Tags

छुटाउनु भयो कि ?