टप खबर

जनताको बिरुद्धमा रहेका ओली सरकारका निर्णय खारेज गर्न नेतृ झाँक्रीको माग

Lumbinikhabar Online

नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले उक्त पार्टीकै अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गरिएका सबै निर्णय खारेज हुनुपर्ने माग गरेकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्ने क्रममा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसद झाँक्रीले यस्तो माग गरेकी हुन्। उनले ओली सरकारको पालामा गरिएका जनविरोधी निर्णय खारेज गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारसँग माग गरेकी हुन्।

‘पूर्ववर्ती सरकारले गरेका जनविरोधी निर्णयहरु खारेज गर्ने जिम्मेवारी पनि यो सरकारले बोक्न सक्नुपर्छ,’ उनले भनिनन्, ‘झापाको गिरीबन्धु टी स्टेटलाई हदबन्दी भन्दा बढी जग्गा दिने अघिल्लो सरकार निर्णय खारेज गर्नु पनि जरुरी छ। त्यसका लागि एउटा टोली काठमाडौं आएको छ। यसतर्फ म सरकारको ध्यानाकर्षण गराउँछु।’

तत्कालीन प्रधानमन्त्री ओलीले तुइन युग सकियो भने पनि दार्चुलामा जयसिंह धामीले ज्यान गुमाउनुपरेको उनले बताइन्। ‘तुइन युग सकियो भनेर पूर्व प्रधानमन्त्रीले भनेका थिए तर, दार्चुलामा भारतीय एसएसबीका सेनाहरुले तुइन काटेर नेपाली नागरिक महाकालीमा वेपत्ता भएका छन्’, उनले भनिनन्, ‘यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

Tags

छुटाउनु भयो कि ?