टप खबर

पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ

Lumbinikhabar Online

चाइनिज पेस्तोल र म्याग्जीनसहित प्रहरीले दाङको देउखुरीबाट दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

देउखुरीको कालाकाँटेबाट भारतको सिद्धाथनगर पञ्चायत वडा नम्बर ३ का करमुल्हाल आमिर र राजा खाँनलाई अत्याधुनिक चाइनिज पेस्तोल,त्यसमा लाग्ने दुईवटा म्याग्जीन र दुई राउन्ड गोली सहित पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

उनीहरूलाई जिप्रका दाङबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले हिजो बेलुकी करिब ५ बजे पक्राउ गरेको हो । हतियारसहित पक्राउ परेका उनीहरुलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको छ ।

उक्त संस्थामा बा ६५ प ४०८७ नम्बरको स्कुटरमा आएका व्यक्तिहरुले आइतबार दिउँसो पेस्तोल देखाई धाकधम्की दिई डरत्रासमा पारी भागेका थिए।

महानगरीय प्रहरी वृत्त बौद्घबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई घटनामा प्रयोग भएको नक्कली खेलौना पेस्तोल र स्कुटर सहित पक्राउ गरेको हो।

Tags

छुटाउनु भयो कि ?