टप खबर

एमाले केन्द्रीय कमिटीको बैठक २४ गते

Lumbinikhabar Online

नेकपा एमालेले पार्टी सदस्यताको नवीकरण र अध्यावधिक गर्न समयसीमा तोकेको छ। आइतबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठकले सदस्यता नवीकरण र अध्यावधिकका लागि समयसीमा तोकेको हो।

विधान अधिवेशनको विषयमा छलफल गर्न एमालले केन्द्रीय कमिटी बैठक बोलाएको हो । त्यस्तै बैठकले साउन २३ गतेभित्र पार्टी सदस्यता नवीकरण र अद्यावधिक गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

त्यस्तै भदौ २७ र २८ गतेका लागि तय गरिएको विधान अधिवेशन सम्पन्न गर्नका लागि सदस्यता नवीकरणलाई तोकिएको समयमै सम्पन्न गर्न सुझाव दिएको पोखरेलले बताए ।

त्यस्तै बैठकले असोज ३ गते वडा तहको अधिवेशन गर्न र ९ गते स्थानीय तहको अधिवेशन गर्न निर्देशन दिएको छ ।

पोखरेलले पार्टीलाई एकताका लागि प्रयास जारी रहेको बताए । त्यस्तै महासचिव पोखरेलले एमालेको विधानमा दुई अध्यक्षको व्यवस्था नरहेको बताए ।

स्थायी कमिटी बैठक सोमबार ३ बजे पुनः बस्ने छ ।

Tags

छुटाउनु भयो कि ?