टप खबर

साउन ३० लाई सर्‍यो माओवादीको केन्द्रीय समिति बैठक

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक १० दिनपछि सरेको छ । बैठक आगामी साउन ३० गतेलाई बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

साउन २० गतेलाई बोलाइएको बैठक ३० गतेलाई सारिएको श्रेष्ठले बताए ।

त्यस्तै बैठकले साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै बैठकले गठबन्धनकका दलको कामलाई व्यवस्थित बनाउने र सरकार विस्तारको काम छिटै गर्ने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता श्रेष्ठले स्थायी कमिटीको बैठक भोलि ३ बजे पुनः बस्ने बताए । भोलिको बैठकले मन्त्रिपरिषद विस्तार गर्न पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउने निर्णय भएको बताए ।

त्यसका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलका नेतासँग मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

 

Tags

छुटाउनु भयो कि ?