टप खबर

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो एक बजे बस्दैछ। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ। यस्तै आजको बैठकमा संसद अधिवेशन अन्त्यपछिको अवस्था र पार्टीको सांगठनिक गतिविधिका छलफल हुने स्थायी कमिटि सदस्य गणेश साहले सेतोपाटीलाई जानकारी दिए।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले हठात अधिवेशन अन्त्य भएको पत्र सभामुख अग्नि सापकोटालाई पठाएकी थिइन् ।

माओवादीले पार्टीको सांगठानिक संरचनाबारे निर्णय लिन २० गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । साहले आज र भोलि स्थायी कमिटी बैठक बसेर केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गरिने जानकारी दिए ।

बैठकमा सरकारमा पठाउने मन्त्रीहरूबारे पनि छलफल हुनेछ ।

Tags

छुटाउनु भयो कि ?