टप खबर

मेलम्चीमा एक्कासि ठूलो बाढी

Lumbinikhabar Online

शनिबार साँझ मेलम्ची नदीमा एक्कासी ठूलो बाढी आएको छ। एक्कासि ठूलो बाढी आएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएपछि एक्कासि ठूलो बाढी आएको प्रारम्भिक अनुमान गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।

यसअघि गएको असार १ गते मेलम्ची र हेलम्बुमा बाढी पहिरो जाँदा ठूलो जनधनको क्षति भएको थियो।  मेलम्चीको बाढीमा हराइरहेका २० जना अझै फेला परेका छैनन्।

Tags

छुटाउनु भयो कि ?